मृत्यु के हाेला ।
मेराे कलम भन्छाै, म र कलम फरक छ ।
मेराे साइकल भन्छाै, म र साइकल फरक छ ।
त्यसै गरी, मेराे हात, मेराे सरिर भन्छाै, म र सरिर फरक छ ।
मेराे साइकल छ भनेकाे ठाउँमा जान सक्छु । चलेकाे अनुभव लिन सक्छु त्यसै गरि सरिर छ र सरिरले गर्न मिल्ने कामहरू अनुभव गर्न सक्छु । सरिर छुटे पछि ति कामहरू अनुभव गर्न नमील्ला ।
मृत्यु अचानक हुन्छ, सधै जस्तै सहज असहज हुँदा अचानक प्राण फुस्कन्छ ।
मृत्यु मा दुख हुँदैन, कस्ट हुँदैन । यि सव कुरावाट छुटकारा हुन्छ । मृत्यु सुन्दर छ ।
जसरी एक हप्ताको यात्रा सकेर घर फर्कने वेला परिवारका सदस्यहरुको वहुत याद आउँछ कति वेला भेटिएला जस्तो हुन्छ । त्यसै गरि केहि वर्ष यहाँ भुल्यौ हामी मृत्यू पछि आएकै ठाउँमा फर्किदा हामिलाइ उताको घरको वहुत याद आउँछ कति वेला पुगौला र पृयजन संग भेटौला भन्ने हुन्छ ।
सियाेले काेप्दा दुख्छ, हात भाँचीदा थाहै हुँदैन ।
सहन सकिने दुख महशुस हुन्छ , सहन नसकिने दुख् महसुस हुँदैन ।
त्यसैले मृत्युमा दुख हुँदैन ।
चिसाे ताताे छुँदा अचानक हात तानिन्छ, सरिर चल्छ
ढाठमा हुने स्वचालीत प्रणालीले याे चलेकाे हाे
त्यहि प्रणालिले मृत्यु पछि पनि सरिर छटपटाउँछ ।
हेर्नेले कस्ट भएकाे देख्छन् ।
माेवाइलकाे नाम हुन्छ
सिमकार्ड विग्रीयाे भने फेरिन्छ
तर नम्वर त्यहि हुन्छ नी
हामी पनि नम्वर हाै
न देखिन्छ तर काम गर्छ ।
नाफा गरेकाे
भाेग गरेकाे
छल कपट गरेकाे
लिएकाे
सवै पछि सम्जिन पनि लाज लाग्छन ् ।
सहयाेग गरेकाे
दिएकाे
दुख पाएकाे
तै पनि हरेस नखाएकाे
जिम्मेवारी पुरा गरेकाे
सहि काम गरेकाे
कसैलाइ नियतवस दुख नदिएकाे
यि कुराहरू ले भाेलि सुख दिन्छन ।
सम्झन लाएक हुन्छन ।
मृत्यु पछि पनि
छाेरा छाेरीलाइ हेर्न सकिन्छ
वाटाेकाे काँढा पन्छाउन सकिन्छ
सहि वाटाेमा ल्याउन सकिन्छ
मृत्युमा जति दुख माने पनि
पछि आफन्तहरू हामिलाइ भुल्न चाहन्छन
दिन चर्या चलाउन मै लागि रहन्छन ।
हामि सम्म पुग्ने फाेन पाइएपनि
किन्ने छैनन ।
त्यसैले मनका भएका गर्न हुने रहर हरू पुरा गर,
खान मन लागेकाे खाउ, लाउन मन लागेकाे लाउ
शरिर छुटेपछि गर्न नमिल्ने यिनै मात्र हुन ।
सवै संग यिनै कुराहरूलाइ मनन गरि
सहि सम्वन्ध कायम गरि रयाै
मृत्युका लागि सधै तयार रयाै भने
मृत्युमा हतार हुन्न
काम नभ्यायकाे पछुताव हुँदैन
मेराे जिवन सम्वन्धि धारणा यहि छ ।
बसन्त सिग्देल , पाेखरा
Comments
Post a Comment